१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ। नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्र सङ्घले हरेक सन् २०२४ मा हरेक डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो । दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा स्वामी आनन्द अरुणले नेपाल प्राकृतिक, धार्मिक सम्पदाले विश्वमा धनी मुलुक भएकाले योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सरकारले काठमाडौँको टुँडिखेलमा डिसेम्बर २१ तारिख आइतबारका दिन दोस्रो ध्यान दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने घोषणा गरेको पनि जानकारी दिनुभयो ।

गत वर्ष संयुक्त राष्ट्र सङ्घले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएसँगै टुँडिखेलमा सरकारको आयोजनामा दिवस मनाउन थालिएको हो ।

उहाँका अनुसार हाल नेपालमा ओशो तपोवनका ९० वटा शाखा सञ्चालनमा छन् भने जनकपुर र दमौलीमा निर्माणाधीन छन् । साथै अमेरिका, अष्ट्रेलिया, रुसलगायत देशमा पनि शाखाहरू विस्तार भइसकेका छन् ।  रासस