२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपामा प्रवेश गरिन एलिजा गौतम



अ+ अ-

काठमाडौं। चर्चित मोडेल, मिडिया उधमी, समाजसेवी एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रबेश गरेकी छन ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन ।

आजपा अध्यक्ष एंव पुर्व मन्त्री प्रभु साहले गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन ।

आजपा प्रबेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रबेश गरेको बताइन् ।

आजपाले उठाउदै आएको मुद्दा, नीति, बिचार मुलुक र नेपाली जनताको हितमा भएको बताउदै उनले समाजको सेवा गर्ने काम अझै प्रभावकारी रुपमा अगाडी बढाउने बताइन् ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि आजपामा प्रबेश गर्नेको लहर चलेको छ । यसैगरी नेपाली कांग्रेस निकटको जनजाति महासंघको गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता एंव पुर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।

आजपाको केन्द्रीय कमिटीको बैठक प्रज्ञा भवनमा जारी छ । बैठकले अगामी निर्वाचनको रणनीतिको बारेमा छलफल गर्दै उम्मेदवार छनोटको मापदण्ड बारेमा छलफल हुने लगायतका एजेन्डाहरु रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।




भर्खरै