२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोड १० लाख बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ।  नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई आज पक्राउ गरेको छ ।

कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौँ बस्ने सन्तोषकुमार साहलाई आज काठमाडौँ महानगरपालिका–४ चन्डोलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइको पनि आचार्यले बताउनुभयो ।

उनीमाथि महोत्तरीमा रु एक करोड ७२ लाख र धनुषामा आठ लाख र झापामा ३० लाख बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ । रासस