२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

डल्लुस्थित निवासमा पुगेर चित्रकारको आज उहाँले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उहाँ आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते हुनुभएको थियो । चित्रकार करिब तीन महिना भारतमा उपचार गरेर यही पुस ७ गते नेपाल फर्कनुभएको थियो ।

यस अगाडि उहाँलाई भेट्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता राजेन्द्र श्रेष्ठ त्यहाँ जानुभएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालयले जनाएको छ । रासस