३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सेवा दलबाट दुई हजार २२० जना दीक्षित



अ+ अ-

नवलपरासी। नेपाली सेना, राष्ट्रिय सेवा दलमार्फत दोस्रो चरणको सामूहिक क्याम्पमा दुई हजार २२० जना छात्रछात्रा दीक्षित भएका छन् ।

राष्ट्रिय सेवा दलमार्फत सञ्चालित ५१ औँ ब्याचको दोस्रो चरणको जुनियर डिभिजन एनसिसी तालिममा सहभागी विद्यार्थी दीक्षित भएका हुन् ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा कूल सात हजार ७१० जना छात्रछात्रा सहभागी थिए । जसमध्ये आज दुई हजार २२० जना दीक्षित गरिएको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यमप्रसाद ढकालले बताउनुभयो ।

चार वटा शिक्षालयमा ७७ जिल्लाका छात्रछात्रा सहभागी हुने उक्त तालिममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालयमा ५६३ जना छात्रछात्रा दीक्षित भएका छन् ।
समापन समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यमप्रसाद ढकालले तालिममा सहभागी क्याडेटलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो । महानिर्देशक उपरथी ढकालले एनसीसी तालिम नेपालको युवापुस्तालाई अनुशासित, जिम्मेवार र राष्ट्र प्रेमी नागरिक बनाउन महत्वपूर्ण आधार स्तम्भ भएको बताउनुभयो । उहाँले क्याडेटलाई प्राप्त गरेको तालिमलाई आफ्नो व्यक्तिगत जीवन, शैक्षिक यात्रा र समुदाय विकासमा उपयोग गर्न आग्रह गर्नुभयो ।

उपरथी ढकालले एनसीसी तालिमको स्थापना इतिहास, यसको महत्व, राष्ट्रिय सुरक्षा चेतना अभिवृद्धिमा यसको योगदान तथा भविष्यमा विद्यार्थीले पाउन सक्ने अवसरहरूबारे चर्चागर्नु भएको थियो ।

यस वर्षको जुनियर डिभिजन तालिमअन्तर्गत मध्य पश्चिम शिक्षालयबाट दोस्रो चरणमा १९ विद्यालयका २८१ छात्र र २८२ छात्रा सहभागी भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईले बताउनुभयो । तालिममा क्याडेटहरूले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व विकास, टोली समन्वय, सामाजिक उत्तरदायित्व र राष्ट्रिय सेवासम्बन्धी विभिन्न अभ्यास तथा कक्षाहरू पूरा गरेका थिए ।

समापन समारोहमा शिक्षालयका प्रमुख, प्रशिक्षक, विद्यालयका प्रतिनिधि, स्थानीय सरोकारवाला, अभिभावक तथा क्याडेटहरूको उल्लेख्य उपस्थिति थियो । साथै विद्यार्थीहरूले डेमो प्रदर्शन, ब्यान्ड मार्च, सांस्कृतिक प्रस्तुति दिएका थिए ।रासस