२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै



अ+ अ-

काठमाडौँ । रष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरु सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसदका उपसचिव अधिराज राईले जानकारी दिनुभयो ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा गत भदौमा जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेर क्षति पु¥याएपछि राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो ।

उहाँले अहिले बैठक कक्षमा फर्निचर व्यवस्थापनदेखि बाटो मर्मतको कार्य भइरहेको बताउनु भयो । उहाँले अब एकहप्ता भित्र सभाको बैठक सञ्चालनका लागि बैठक कक्ष तयार भइसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको अर्को अधिवेशनका बैठकहरु सञ्चालन गर्नको लागि हामीले पुरानै राष्ट्रिय सभाको सभाकक्षलाई नै मर्मत गरेर सभाका बैठकहरु सञ्चालन गर्नको लागि तयारी गरिरहेका छौँ । अहिले त्यहाँभित्रको फर्निचर व्यवस्थापनको कामहरु धमाधम भइरहेको छ । त्यो अन्तिम चरणमा पुगेको छ । र अन्य कुराहरु पनि भइरहेको छ । सभाकक्षमा पुग्नको लागि बाटो लगायतका विषयमा हामीले काम गरिरहेका छौँ । सम्पूर्ण कामहरु एक हप्ताभित्र सकिने गरेर हामीले काम गरिरहेका छौँ ।’

उहाँले दर्शक र सञ्चारकर्मीहरुको सहजताका लागि समेत कार्य भइरहेको बताउनु भयो ।