२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्लबले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोतिगाको क्वाटरफाइनमा स्थान बनाएको हो ।

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल ग¥यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

यसैगरी आजै भएको महिलातर्फको दुई खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले सुदूरपश्चिममाथि २५–६, २५–११ र २५–१२ अङ्कको जित निकाल्यो ।

त्यस्तै विभागीय टोली आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मी २५–१६, २५–१२ र २५–९ अङ्कका साथ विजयी भएको हो । रासस




भर्खरै