२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला



फाइल फोटो
अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ ।

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन नजिकै जोगबुढा नदीमा बाघको बच्चा मृत भेटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

“करिब एक डेढ महिनाको बाघको बच्चाको मृत्यु भएको छ । नजिकै रहेको भारतीय वन क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “डमरुको शव परीक्षण भइसकेको छ, अब के गर्ने भन्नेबारे विभागले निर्णय गर्छ ।”

नदी किनारमा बाघको डमरु अशक्त अवस्थामा देखेपछि स्थानीयले निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । रासस