काठमाडौँ। नेकपा एमालेक उपाध्यक्ष विष्णु पौडेलले पार्टी छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही पुगेर घिमिरेसहित असन्तुष्ट नेताहरूसँग छलफल गरेपछि उनी पुनः एमालेमै फर्कन सहमत भएको बताइएको छ। पौडेलले आफ्नो फेसबुकमा फोटो राख्दै हामी सँगै छौँ भनेका छन्।
गत मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । उनको बालेन शाहसँग राम्रो सम्बन्ध भएको र बालेन रास्वपामा प्रवेश गरेपनि उनीपनि बालेनमार्फत रास्वपा जाने तयारी गरेको बताइएको थियो ।












