२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको विमान भद्रपुरमा विमानस्थलको रनवेमा चिप्लियो, यात्रु सकुशल



अ+ अ-

बिर्तामोड। भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो ।

“विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्”, उहाँले भन्नुभयो ।

आज साँझ ७ः०० बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।