२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशक पाण्डेको ‘को-हजबेन्ड’ पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट



अ+ अ-

काठमाडौँ। विश्व चर्चित नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथनोग्रा चलचित्र महोत्सवमा छनोट भएको छ ।

निर्देशक गणेश पाण्डेद्वारा निर्देशन गरिएको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट भएको हो ।

अमेरिकामा रहेको चलचित्रको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट भएको जनाएको हो । निर्देशक गणेश पाण्डेले आगामी अप्रिल २ तारिखदेखि ५ तारिखसम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन पत्राचार भइसकेको जानकारी दिनुभयो । विश्वभरमा नेपाली वृत्तचित्रलाई चिनाउँदै आएको को-हजबेन्ड’ यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ ।

अन्तरराष्ट्रिय फिल्म महोत्सव (निफ)मा नेपालले प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सवमा छनोट हुनु नेपाली वृत्तचित्र क्षेत्र र यससँग जोडिएका व्यक्तिका लागि महत्वपूर्ण उपलब्धि मानिएको निर्देशक पाण्डेले धारणा राख्नुभयो । उहाँका अनुसार बहुपति प्रथामा आधारित ३५ मिनेटको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

“घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई पहिलोपटक पर्दामा उतारेको हुँ”, निर्देशक पाण्डेले भन्नुभयो ।

यसले अन्तरराष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज र संस्कृतिबारे जानकारीसहित थप बहस र चासो बढाउने अपेक्षा गरिएको उहाँको भनाइ छ । रासस