२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरणको पाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

प्रदेश सरकारले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि आज धनगढीमा भएको छलफलमा सहभागीले शिक्षा सुधार, सीप विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार र मानव विकास सुदृढीकरणलाई योजनाको प्रमुख अङ्ग बनाउनुपर्ने सुझाव दिएका थिए ।

यस्तै, समावेशी सामाजिक विकास, सामाजिक न्याय, महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायको सशक्तीकरणलाई पनि योजनामा समेट्नुपर्ने सुझाव दिइएको छ ।

सुशासन, पारदर्शिता, संस्थागत क्षमता विकासका साथै सङ्घ, प्रदेश, र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई मजबुत बनाउनुपर्ने, कृषि, पशुपालन तथा ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग तथा उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, पर्यटन विकास र प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा पनि सहभागीले जोड दिएका छन् ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखेर योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति र परिणाममुखी कार्यक्रम अपरिहार्य रहेकामा जोड दिनुभयो ।

प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, योजनाको पृष्ठभूमि, आवश्यकता र प्राथमिकतामाथि प्रकाश पार्नुभयो । उहाँले प्रदेशको सामाजिक, आर्थिक तथा भौगोलिक विशेषतालाई ध्यानमा राख्दै तयार पारिएको योजनाको मस्यौदामा प्रदेशको विकास यात्रालाई व्यवस्थित, समावेशी र दिगो बनाउने लक्ष्यका साथ विभिन्न क्षेत्रलाई समेटिएको बताउनुभयो ।

पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण टोलीका डा हेमराज लामिछानेले अवधारणापत्र प्रस्तुत गनुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव, मन्त्री, नीति निर्माता, विज्ञ तथा सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस