२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्नका लागि संयमित भई कार्य गर्न र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई निर्देशन दिइएको छ ।

“व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धताको सम्मान गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न, घटनाको गाम्भीर्यताप्रति संवेदनशील हुँदै संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, धार्मिक सामाजिक सद्भाव कायम हुने क्रियाकलाप र गतिविधि गर्न आयोग राजनीतिक दल, धार्मिक सङ्घसंस्था, धर्म गुरु, धार्मिक एवं सामाजिक अभियन्ता तथा नागरिक समाजलाई अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, एकापसमा देखिएका विमतिहरूको समाधान वार्ताको माध्यमबाट खोज्नसमेत आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”रासस