१६ असार २०८३, मंगलवार
,
Latest
वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने



अ+ अ-

रौतहट। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ ।

आइतबारसम्ममा १५२ महिलासहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिनुभएको छ ।

प्रनाउ बस्यालका अनुसार नेपाल प्रहरीतर्फ तीन हजार ४६६ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३८५ निर्वाचन प्रहरी भर्ना हुनेछन् । आवेदन दिएका आवेदकहरुका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छभने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ ।

छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने र निर्वाचन प्रहरीले नियुक्ति भएको दिन देखि जम्मा ४० दिनको सेवा सुविधा प्राप्त गर्ने जनाइएको छ । रासस