१६ असार २०८३, मंगलवार
,
Latest
वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण



अ+ अ-

काठमाडौँ। आईतवार दिउँसो इजरायली सेनाले दक्षिणी लेबनानको लिटानी नदी क्षेत्रमा अवस्थित कफार हट्टा गाउँमा १० पटकभन्दा बढी हवाई आक्रमण गरेको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार यी आक्रमणहरूले त्यस क्षेत्रमा व्यापक भौतिक क्षति पु¥याएका छन् । इजरायली सैन्य प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जालमार्फत कफार हट्टामा रहेको हिजबुल्लाहको सैन्य पूर्वाधारमा छिट्टै आक्रमण गर्ने चेतावनी दिनुभएको थियो ।

उहाँले हिजबुल्लाहलाई उक्त स्थानमा आफ्ना गतिविधिहरू पुनः शुरु गर्नबाट रोक्न यो कदम चालिएको बताउनु भयो । आक्रमण पूर्व अद्राईले स्थानीय बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान र कम्तीमा ३०० मिटर टाढा रहन आग्रह गर्नुभएको थियो ।

कफार हट्टाका अतिरिक्त इजरायलले दक्षिणी लेबनानका अन्य क्षेत्रहरू जस्तै जब्बा र जेजिनमा पनि व्यापक हवाई हमला गरेको छ । हालसम्म यी आक्रमणहरूबाट भएको मानवीय क्षतिको कुनै आधिकारिक रिपोर्ट प्राप्त भएको छैन।

गत नोभेम्बर २७, २०२४ देखि अमेरिका र फ्रान्सको मध्यस्थतामा हिजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ ।

इजरायलले यी हमलाहरू हिजबुल्लाहको खतरा हटाउनका लागि गरिएको दाबी गर्दै आएको छ । (सिन्ह्वा/न्युज एजेन्सी नेपाल) 0