२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार



अ+ अ-

कास्की। गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् ।

हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।

आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट भागेका ७७३ जनामध्येमा कोही तोकिएको समयभित्रमा आफैँ फर्किएको र अन्यलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । कास्कीबाट भागेका मध्येमा केही अन्य जिल्लामा समातिएका थिए ।

त्यसैगरी, अन्य जिल्लाबाट भागेकाहरूलाई समेत यहाँ पक्राउ गरिएको थियो । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिनुभयो । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा दलहरूले लिएका छन् । राजनीतिक दलहरूले कैदी र लुटिएका हतियारका कारणले निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशङ्का गरिरहेको अवस्थामा प्रहरीले कैदीहरुको खोजी तीव्र बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको जानकारी दिनुभयो । “निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ ।

यसका लागि प्रहरी टोली खटिएको छ । निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लामा सुरक्षा कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो ।रासस




भर्खरै