२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा–२ मा पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानामगरबीच रोचक चुनावी भिडन्त



अ+ अ-

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ।

घिमिरे नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् भने रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएकी छन्।

यसअघि रास्वपाले झापा–२ मा निशा डाँगीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो। तर, इन्दिरा रानामगरले सुरुदेखि नै यही क्षेत्रबाट चुनाव लड्ने दाबी गर्दै आएकी थिइन्।

पार्टी नेतृत्वले उनलाई उदयपुर–२ बाट उम्मेदवारी दिन प्रस्ताव गरे पनि उनले अस्वीकार गरिन्। अन्ततः डाँगीलाई झापा–१ मा सारेर रानामगरलाई झापा–२ को टिकट दिने निर्णय गरिएको हो। रानामगर र डाँगी दुवै झापा–२ कै बासिन्दा हुन्।

रानामगर यसअघि समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन्। रास्वपाकै तर्फबाट उनी प्रतिनिधिसभाको उपसभामुखसमेत बनेकी थिइन्। घिमिरे यसअघिको आमनिर्वाचनमा झापा–२ बाटै निर्वाचित भएका थिए।