१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं



अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई पोखराबाट पक्राउ गरिएको हो।

निर्वाचन आयोगको पत्राचारपछि प्रहरीको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो।

प्रसाईंले केही समयअघि सार्वजनिक गरेको एक भिडियोमा कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि आयोगले त्यस विषयमा अनुसन्धान आवश्यक ठहर गर्दै प्रहरीका दुई युनिटलाई पत्राचार गरेको जनाएको छ।

निर्वाचन आयोगले प्रसाईंमाथि निर्वाचन कसुरसम्बन्धी ऐन तथा मुलुकी फौजदारी संहिताअन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग समेत अघि सारेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।