१२ असार २०८३, शुक्रबार
,
Latest
गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गयो, झण्डा ओडेर मत माग्न बर्जित छः संविधानविद् आचार्य



अ+ अ-

काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आचार्यले पछिल्लो समय विभिन्न गतिविधिमा राष्ट्रिय झण्डाको अनुचित प्रयोग बढ्दै गएको उल्लेख गरेका छन्।

उनले आन्दोलन, आगजनी, राजनीतिक प्रचार तथा मत माग्ने जस्ता कार्यमा राष्ट्रिय झण्डा ओढेर सहभागी हुने प्रवृत्ति गलत र बर्जित भएको स्पष्ट पारेका छन्।

“राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने—यी सबै कार्य बर्जित हुन्,” आचार्यले स्टाटसमा उल्लेख गरेका छन्।

उनले राष्ट्रिय झण्डा कुनै “कपडा” नभई देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र सम्मानको प्रतीक भएको भन्दै यसको मर्यादा कायम राख्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।

संविधानविद् आचार्यले यस विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिँदै झण्डाको दुरुपयोग तत्काल रोक्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

उनले लेखेका छन्–
राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।