३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जन भावना अनुरुप संचालन गर्न सबै पक्षको सहयोग आवश्यकः नारायणप्रसाद दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार संचालन गर्न सबै राजनीतिक दलहरुको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनको शुभकामना मन्तव्य दिँदै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरुले आगामी दिनमा अझ व्यवस्थित भुमिका खेल्नुपर्ने जरुरी रहेको समेत बताउनु भयो । उहाँले राष्ट्रिय सभाले जनताको भावनाअनुसार कानून निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो,‘सबै राजनीतिक दलहरुले १९ औ अधिवेशनलाई कामकाजी, उपलब्धिमूलक, जनताको भावना र अपेक्षा अनुरुप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सभाको गरिमा अभिवृद्धिमा आगामी दिनमा अझ व्यवस्थित भुमिका निर्वाह हुनेनै छ भन्ने आशासहित यो अघिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’ 

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो ।




भर्खरै