काठमाडौ। राष्ट्रपति बिद्यादेबी भण्डारीले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा बिजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनु भएको छ । राष्टज्ञपति भण्डारीले लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको भन्दै बधाई दिनु भएको हो ।
राष्ट्रपतिले भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।












