२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित



अ+ अ-

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिकले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेका छन् । एक्सेल्सियर र रेडियन्ट सिनियर ब्वाइज र गल्र्समा विजयी भए ।

सिनियर ब्वाइजमा एक्सेल्सयरले स्वर्णिमलाई ३९–३५ ले पराजित ग¥यो । एक्सेल्सियरका अंश श्रेष्ठले १६ स्कोर गरे । सिनियर गल्र्समा एक्सेल्सियरले स्वर्णिमलाई नै १८–१३ ले हरायो । एक्सेल्सियरकी आकर्षी पौडेलले ९ अंक जोडिन् ।

सिनियर ब्वाइजमा रेडियन्टले राराहिललाई ४६–३९, संस्कृति इन्टरनेसनलले बाल दीक्षा सदनलाई ३३–३१ र पुष्पसदनले एलआरआईलाई ४१–१० ले पाखा लगाए । रेडियन्टका सुगम राना मगरले १४, संस्कृतिका अभिग्न श्रेष्ठले १२ र पुष्पसदनका सम्राट लामाले १६ अंक जोडे ।

सिनियर गल्र्समा रेडियन्ट पब्लिकले न्यु जेनिथलाई २६–३ तथा रिब्सले बाल दीक्षालाई ३०–६ ले सहजै पन्छाए । रेडियन्टकी सोनु तामाङ तथा रिब्सकी सिस्का थापाले समान १०–१० अंक बटुले ।

फुटसल:

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा जोन डेवीले कोहिनुरलाई ३–१ तथा न्यु एरा एकेडेमीले एक्सेल्सियर (नीलो) लाई १–० गोलले पराजित गरे । स्वस्तिश्री गुरुकुल र कोहिनुरले २–२ गोलको बराबरी खेले भने न्यु एरा र बाल दीक्षबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

यु–१३ मा एलआरआईले न्यु एरालाई ३–१ तथा न्यु एराले एक्सेल्सियर (नीलो) ३–१ गोलले पाखा लगाए । बाल दीक्षा र होली भिजनले २–२ गोलको बराबरी खेले ।

यु–१६ मा ह्वाइट हेभेन एकेडेमीले बाल दीक्षालाई २–१ र एक्सेल्सियर (यल्लो) लाई ४–० तथा न्यु एराले ह्वाइट हेभेनलाई ५–१ र एक्सेल्सियर (यल्लो) लाई २–१ गोलले पाखा लगाए । यु–९ मा एक्सेल्सियर (नीलो) र कोहिनुरले गोलरहित बराबरी खेले ।