२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले नेपाललाई दिने सहायता रकम बढायो



भारतीय अर्थमन्त्री निर्मला सितारमण
अ+ अ-

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको भारतको केन्द्रीय बजेटमा नेपाललाई दिइने सहायता बढाइएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले संसदमा पेस गरेको केन्द्रीय बजेटमा नेपाललाई सन् २०२६/२७ मा उपलब्ध गराइने अनुदान रकम आठ अर्ब भारतीय रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपालले यस्तो सहायता सात अर्ब रूपैयाँ थियो अर्थात यो वर्ष एक अर्ब रुपैयाँले बढी हो ।

भारतले उपलब्ध गराउने विकास सहायता रकम खासगरी नेपालमा पूर्वाधार निर्माण, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको छ ।

उक्त बजेटमा भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।