२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः दक्षिण अफ्रिकाले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो



South Africa’s Kagiso Rabada, centre, celebrates the dismissal of Afghanistan’s Sediqullah Atal during the T20 World Cup cricket match between Afghanistan and South Africa in Ahmedabad, India, Wednesday, Feb. 11, 2026. (AP Photo/Ajit Solanki)
अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको दोस्रो सुपरओभर खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो ।

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले  ६ बलमा २३ रन बनाको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेट गुमाएर मात्र १९ रन बनायो ।अफगानिस्तानले दोस्रो बलमा मोहम्मद नाबीलाई गुमायो । पछि, रहमानउल्लाह गुरबाजले तेस्रो, चौथो र पाँचौं बलमा छक्का प्रहार गरे पनि जित सुनिश्चित गर्न सकेनन् । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्स र डेभिड मिलरले तीन/तीन छक्का प्रहार गरेका थिए ।

यसअघि पहिलो सुपर ओभरमा दुवै टोलीले १७/१७ रन बनाएका थिए । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले अन्तिम बलमा छक्का प्रहार गर्दै पहिलो सुपर ओभर बराबरी गरेका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । जबाफि ब्याटिङमा उत्रिएको अफगानिस्तानले पनि २० ओभरमा सबै विकेट गुमाएर १८७ रन बनायो । अफगानिस्तान टोलीलाई जितको लागि ३ बलमा २ रन आवश्यक थियो तर अन्तिम ओभरको चौथो बलमा फजलहक फारुकी रनआउट भएपछि खेल सुपरओभरमा गएको थियो ।