२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की



अ+ अ-

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन र शान्ति सम्झौताका लागि जनमत सङ्ग्रहको लागि मतदानको घोषणा गर्ने योजनालाई अस्वीकार गर्नुभएको छ।

जेलेन्स्कीले पत्रकारहरूसँग भन्नुभयो, “युक्रेनले आफ्नो मुलुकको सुरक्षा सुनिश्चितता र रूससँग युद्धविराम गरेपछि मात्र निर्वाचन गर्नेछ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्भावित वार्ताको बारेमा जेलेन्स्कीले भन्नुभयो, “युक्रेन अमेरिकी पक्षले सुझाव दिएका स्थान (रूस र बेलारुस बाहेक कहिँ पनि) अर्थात् संयुक्त राज्य अमेरिका, युरोपमा, वा तटस्थ देशहरूमा वार्ताको लागि खुला छ ।

जेलेन्स्कीले थप्नुभयो, “अमेरिकी पक्षले युक्रेनलाई चुनावको लागि समय तालिकामा दबाब दिन सुरक्षा सुनिश्चितता गर्न सकेको छैन।”

राष्ट्रपति जेलेन्स्कीको यो टिप्पणी फाइनान्सियल टाइम्सको रिपोर्टपछि आएको हो । उहाँले युक्रेन–रुस द्वन्द्व सुरु भएको चौथो वर्षपछि अर्थात् सन् २०२४ फेब्रुअरीमा चुनाव र जनमत सङ्ग्रहको योजना घोषणा गर्न चाहनुभएको थियो ।

रिपोर्टमा यो पनि भनिएको छ कि ट्रम्प प्रशासनले युक्रेनलाई मे १५ सम्ममा जनमत सङ्ग्रह गर्न दबाब दिएको छ र त्यसो गर्न असफल भएमा प्रस्तावित अमेरिकी सुरक्षा ग्यारेन्टीलाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ। (रासस/एएफपी)