१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरआँगनमा स्वास्थ्य सेवा प्रदान



अ+ अ-

तनहुँ । तनहुँको भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुई दिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको थियो ।

भीमाद नगरपालिकाका विभिन्न वडा र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेका थिए । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्सरे, जनरल मेडिसिन, प्रयोगशाला सेवा, आँखा उपचार सेवा प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।“ग्रामीण भेगका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य शिविरको आयोजना गरेको हौँ ”, उहाँले भन्नुभयो, “ अगामीदिनमा स्वास्थ्य सेवालाई थप सहज बनाउँदै जानेछौँ ।”

शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा विवेक राई, स्त्रीरोग विशेषज्ञ डा सविता थापा, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा रामकुमार श्रेष्ठ, डा राजकुमार गजमेर, हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा प्रकाश नेपालीले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।