१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरे



अ+ अ-

दमौली । मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो । जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ ।

पुस १६ गतेदेखि फागुन १७ (जनवरी र फेबु्रअरी) गतेसम्म उक्त विद्यालयका विद्यार्थी क्याम्पभित्रै बसेर अध्ययन गर्ने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोन्फेल विष्टले जानकारी दिए । पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको उनले जानकारी दिए ।

“चिसोले यहाँको तापक्रम माइनस २० देखि ३० डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन”, उनले भने, “यो समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीस्थित विद्यालयमा पढ्ने व्यवस्थापन मिलाएका छौँ ।” उनका अनुसार जनज्योति आधारभूत विद्यालयका ८१ र घर्मी सोलर आधारभूत विद्यालयका ६१ विद्यार्थीलाई बस्ने र खाने खर्चको व्यवस्था गाउँपालिकाले नै मिलाएको छ ।

“गाउँपालिकाले गत वर्षदेखि दुई महिनाका लागि विद्यार्थीलाई पढाउन तनहुँ ल्याउने व्यवस्था मिलाएको हो”, अध्यक्ष विष्टले भने, “दुई महिनापछि पुनः विद्यार्थी मुस्ताङ नै फर्किन्छन् ।” सो गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनः विद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्नेछन् । विष्टका अनुसार वैशाखदेखि भने उक्त ठाउँमा मौसम अनुकूल रहने गर्दछ । विद्यार्थीलाई पढाउन शिक्षक पनि मुस्ताङबाटै आएका छन् ।

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा बिदा भएका कारण मुस्ताङबाट आएका विद्यार्थी अध्ययन गरिरहेको क्याम्पका प्रमुख छेङ्तिङले जानकारी दिए । विद्यालयमा शुक्लागण्डकीका ६४ विद्यार्थी अध्ययनरत छन् । “हाम्रो विद्यालयमा अहिले जाडो बिदा भएका कारण मुस्ताङका विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।