१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान



अ+ अ-

बेझाड । राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम शुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम शुरु गरेको हो ।

परोपकार कार्यका लागि सहयोग सङ्कलन गर्न संस्थाले मुठ्ठीदान अभियान थालेको महासङ्घका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताउनुभयो । “सानो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहयोग पुग्ने हँुदा मुठ्ठीदान अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा स्वेच्छाले आफूले सकेको सहयोग गर्न सक्नुहुने छ”, उहाँले भन्नुभयो । गरिब, अनाथ र विपन्न परिवारका सदस्य, विभिन्न दुर्घटनामा परी जीवनमरणको दोसाधमा बाँचेका नागरिक, ज्येष्ठ नागरिक, सहाराविहीन व्यक्तिका लागि सहयोग गर्ने उद्देश्यले मुठ्ठीदान अभियान चलाएको उहाँको भनाइ छ । तीन सय ६५ दिनमा दैनिक रु एक परोपकारका लागि रकम सङ्कलन गरियो भने पनि त्यस रकमले अरुको जीवनमा ठूलो राहत मिल्ने महासङ्घका सल्लाहकार सागरप्रसाद देवकोटा बताउनुभयो ।

“सानो रकमले पनि अरुको जीवनमा खुशी दिन सकियो भने यहीँ नै जीवनको पुण्यकर्म हो, सके धेरै नसके दिनको एक रुपैयाँ परोपकार केन्द्रका लागि छुट्याउ, यस कार्यमा अन्य जिन्सी दान पनि सहयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो । मुठ्ठीदान अभियानमार्फत सङ्कलित रकम अत्यन्तै नाजुक अवस्थामा रहेका गरिव, विपन्न, अनाथ व्यक्ति तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई सहयोग गर्ने महासङ्घले जनाएको छ ।

यस्तै पाल्पाको रामपुर नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । रामपुर नगरपालिकासहित पाल्पाका पूर्वी भेगका जनतालाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । कालीगण्डकी फाउण्डेशन नेपालमार्फत सञ्चालन हुने सो एम्बुलेन्स सेवाको स्थानीयवासी ज्येष्ठ नागरिक ९३ वर्षीया फनकुमारी पोखरेलले बुधबार उद्घाटन गर्नुभयो । सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले रामपुर क्षेत्रका स्थानीयवासी स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने अवस्था रहेकाले यसले थप सेवा प्रदान गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्वास्थ्य उपचारका लागि बाहिर जाने स्थानीयवासीका लागि यो सेवाले सहज गराउने बताउनुभयो । पूर्वी भेगका नागरिकलाई सहज सेवा दिने गरी एम्बुलेन्स सञ्चालन गर्ने फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले बताउनुभयो ।