२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको स्वार्थ बाझिँदा नेकपाभित्र सकस, प्रदेशको नाम र केन्द्र तोक्न सकेन



अ+ अ-

काठमाडौं । सातवटा प्रदेशमा सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत चारवटाको स्थायी नाम र केन्द्र गठन हुन सकेको छैन । तत्कालीन प्रदेश–४, ६ र ७ ले आ–आफ्नो नामाकरण र स्थायी केन्द्र तोकिसकेका छन् । तर, बाँकी चारवटा प्रदेशले अहिलेसम्म नाम र केन्द्र तोकेका छैनन् । हिउँदे अधिवेशनबाट त्यसको तयारी प्रदेशसभाले गरिरहँदा भने पार्टीभित्र असन्तुष्टि पोखिन थालेका छन् । चारवटा प्रदेशमध्ये तीनवटा प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाइ मत छ ।

प्रदेश संसदीय दललाई नै अधिकार दिए पनि लामो समयसम्म सहमति जुटाउन नसकेपछि केन्द्रले नै हस्तक्षेप गर्न थालेको छ । जसको विरोध भएपनि विकल्प नभएको नेताहरु नै बताउँछन् । प्रदेश–३ को नाम ‘बागमति’ भनेर लगभग टुंगो लागेको छ भने केन्द्रका विषयमा अझै किचलो रहेको छ । जसका कारण नेकपाभित्र चरम असन्तुष्टि देखिन थालेको छ । नामभन्दा पनि स्थायी केन्द्र तोक्ने विषयमा नेकपाका सांसदले नै नेतृत्वको आलोचना गरिरहेका छन् ।

पार्टीले ह्विप लगाउने तयारी गरिरहँदा काभ्रेमा राजधानी बनाउनुपर्छ भन्ने सांसदले त्यसलाई उल्लंघन गर्ने चेतावनी दिएपछि शीर्ष नेताले नै भेट्ने तयारी गरेका छन् । ह्विप नै तोड्ने अवस्था आएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले मंगलबारको संसदीय दलको बैठकमा सम्बोधन गर्ने भएका छन् । सोही दिन प्रदेशसभामा नाम र राजधानीका विषयमा प्रदेशसभामा मतदान हुने बताएपनि अन्तिम समयमा प्रदेशसभा बैठक नै एकदिन पर सरेको छ । मंगलबार हुने भनिएको बैठक बुधबार तीन बजेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दिनभर नेकपाका असन्तुष्ट सांसदलाई मनाउने तयारीमा नेतृत्व लागेकाले बैठक एकदिन पर सरेको स्रोतको दावी छ । नेकपाको सचिवालय बैठकले नाम बागमति र स्थायी केन्द्र हेटौँडा नै राख्न निर्देशन दिएको थियो । सोहीअनुसार सर्कुलर पनि जारी गरेको थियो । प्रदेश–३ मा ११० प्रदेश सभा सदस्यमध्ये नेकपाको एक्लै ८१ सदस्य रहेका छन् । दुई तिहाइभन्दा बढी मत नेकपाको रहेपछि यहाँ आन्तरिक विवाद व्यवस्थापन हुनेबित्तिकै सहजै टुंगो लाग्नेछ । तर, नेकपालाई सबैभन्दा टाउको दुखाइ बनेको प्रदेश हो, पाँच ।

यहा पनि स्थायी केन्द्रका विषयमा बढी विमति रहेको छ । नाममा खासै ठूलो विवाद नदेखिए पनि केन्द्र दाङ कि बुटवल भन्नेमा लफडा सुरुदेखि नै छ । तत्कालीन एमालेभित्रै यो लफडा भएपछि अहिलेसम्म टुंगो लाग्न सकेको छैन । ८७ सदस्य रहेको प्रदेशसभामा नेकपाको मात्रै ६१ सिट रहेको छ । जुन दुईतिहाइभन्दा बढी हो । संविधानले नै दुईतिहाइ बढी मतले मात्र नाम र केन्द्र तोक्न पाउने अधिकार दिएको छ । विवाद भएपछि प्रदेशसभाले नै समिति र त्यसले पनि उपसमिति बनाएर काम गरेको थियो । नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङमा बनाउने उपसमितिले सुझाब पनि दिइसकेको छ ।

हिउँदे अधिवेशनबाट नाम र केन्द्र टुंगो लगाउने तयारीमा नेकपा रहेको छ । तर, तत्कालै सहमति जुटिहाल्ने अवस्था छैन । प्रदेश सभामा राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले प्युठानको सरुमारानी, अर्घाखाँचीको लापे, पाल्पाको तानसेनलगायतका स्थानको नाम पनि प्रतिवेदनमा समेटिएको थियो । सुझाब संकलनका क्रममा आएका सुझाबअनुसार लुम्बिनीमा धेरैको मत रहेको छ भने बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए ।

यस्तै, स्थायी राजधानी र नामाकरणबारे विवाद चर्किने सम्भावना बढेपछि केही सांसदहरूले मध्यमार्गी उपायको खोजी गर्दै दाङ वा कपिलवस्तुमा सम्पर्क कार्यालय राखेर रूपन्देहीलाई नै स्थायी राजधानी तोक्नुपर्ने सुझाब दिँदै आएका छन् । प्रदेश–१ मा भने नामकरण विषयमा विवाद छ । स्थायी राजधानी भने विराटनगर, इटहरी र गोठगाउँका भाग समेटेर बनाउने लगभग सहमति भएको छ । सो क्षेत्रमा राजधानी राख्न धनकुटामा विरोध हुने देखिएपछि त्यहाँ सम्पर्क कार्यालय राख्ने यसअघि नै प्रदेश सरकारले निर्णय गरिसकेको छ । नामका विषयमा भने विवाद छ ।

स्रोतका अनुसार प्रदेश–१ को नाम कोशी वा सगरमाथा राख्ने सहमति जुट्न सक्ने बताइएको छ । यो प्रदेशमा पनि नेकपाको स्पष्ट बहुमत रहेको छ । १०३ सदस्यमध्ये नेकपाको मात्र ७२ सदस्य रहेका छन् । प्रदेश–२ मा पनि नामका विषयमा किचलो उत्पन्न भएको छ । राजधानी जनकपुरमै राख्ने लगभग सहमति जस्तै छ । नाम पनि मधेश राख्नुपर्ने सुझाव आएको छ भने अन्य नामहरू पनि आएका छन् । प्रदेश सरकारद्वारा गठित संवाद तथा सुझाब आयोगले आफ्नो प्रतिवेदनमा प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुर राख्न सुझाब दिएको छ ।

उसको प्रतिवेदन अनुसार ७० प्रतिशत जनता मधेश नाम राख्नुपर्ने र ८० प्रतिशत जनता जनकपुरमै राजधानी राख्नुपर्ने पक्षमा सुझाब दिएको उल्लेख गरेको छ । तर, प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसले सो प्रतिवेदन औचित्यहीन भएको टिप्पणी गरेका छन् । प्रतिवेदन वस्तुनिष्ठ नरहेको उनीहरूको भनाइ छ । दुवै दलले नामका विषयमा विवाद उत्पन्न भएको बताए । नेकपा र कांग्रेस मिथिला र भोजपुरा हुनुपर्ने माग गरेका छन् ।

प्रदेश–२ मा कुनै पनि दलको दुईतिहाइ नपुग्ने भएकाले यहाँ दलहरूबीच मिल्नुको विकल्प देखिँदैन । १०७ सिट रहेको प्रदेश–२ मा नेकपाको ३२, समाजवादीको ३०, राजपाको २५ र कांग्रेसको १९ सदस्य रहेको छन् भने एकजना स्वतन्त्र सदस्य छन् । दुईतिहाइ पुग्न यहाँ ७२ मत आवश्यक पर्दछ । सौर्य दैनिकबाट




भर्खरै