१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासङ्का अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गरे ।

महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका गर्न रु १३ करोड बजेट महानगरले विनियोजन गरेको छ । सो रकम सामुदायिक विद्यालय हाताभित्र वृक्षरोपण, खेल मैदान, रङ्गरोगन, शौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा खर्च हुने जनाइएको छ । सो अवसरमा प्रमुख शाक्यले सहयोगको रकम सदुपयोग हुनेमा आफू आशावादी रहेको बताए ।

महासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको बताए । “स्थापनाको करिब ५६ वर्षपछि हामीलाई कामपा यति ठूलो आर्थिक सहयोग गरेर हामीलाई निकै ठूलो गुण लगाएको छ”, महास्थवीरले भने, “यो आर्थिक सहयोगले कामपा क्षेत्रभित्र रहेका २० वटा केन्द्र मात्र होइन मुलुकभरि नै रहेका हाम्रा ११५ बढी केन्द्रमै परियत्ति शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।”

५६ वर्ष इतिहास बोकेको यस संस्थानमा हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेका छन् । गौतमबुद्धको उपदेश तथा असल आचरणसहितको शिक्षा दिने ध्येयले संस्थाको स्थापना भएको हो ।