१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा परी ७० बाख्रा मरे



अ+ अ-

मुगु । छयानाथ रारा नगरपालिका–१४ बाम रोल्का गाउँमा शनिबार राती आगलागी भएको छ । आगलागीमा दुई घर, पुशुचौपाया, फलफूललगायत जलेर नष्ट भएका छन् । आगलागीमा दानबहादुर बढुवाल र तीर्थबहादुर बुढाका घर पशुचौपाया, फलफूल जलेर नष्ट भएका हुन् । शनिबार राती एकासि आगलागी भएको र आगलागीमा परी स्थानीय दानबहादुर बढुवाल र तीर्थ बुढाको घरसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागी के कसरी भएको भन्ने एकिन भएको छैन ।

आगलागी भएको स्थान सदरमुकाम गमगढीबाट चार घण्टा टाढा भएको र आगलागीको जानकारी आइतबार मात्रै आएकाले सो घटनाबारे बुझ्न प्रहरी घटनास्थल जाने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहाले बताए । उनका अनुसार प्रहरीले सम्बन्धित घटनाको जाँचबुझपछि मात्र क्षतिको विवरणका बारेमा भन्न मिल्ने प्रहरी नायव उपरीक्षक साहाको भनाइ छ ।

यसैबीच आगलागिपछि सौर्यदैनिकलाई जानकारी दिँदै आगलागीपीडित दानबहादुर बुढा र तीर्थ बुढाले शपनबार आगलागी भएको बताउँदै दानबहादुर बुढाका ७० वाख्रा र १५ क्विन्टल स्याउ, २० हजार नगद, अन्नपात लत्ताकपडा, भाडावर्तन, नागरिकता जलेका छन् । त्यस्तै, तीर्थ बुढाका ९० हजार नगद, १५ क्विन्टल स्याउ, १० वटा कुखुरा, १ सय ४० लिटर डिजेल, खरायो, अन्नपात लत्ताकपडा, भाडावर्तत जलेर नष्ट भएका आगलागी पीडितले जानकारी दिए ।