२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख पद सर्वाधिक उपयुक्त पात्रले पाउने : प्रवक्ता श्रेष्ठ



अ+ अ-

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा सर्वाधिक उपयुक्त पात्रलाई पार्टीले उम्मेदवार बनाउने बताएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिन आइतबार पोखरा पुगेका श्रेष्ठले सभामुखको उम्मेदवार चयन गर्दा पाटीमा पूर्व नहेरीने बताएका हुन ।

नेता श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेल् राजीनामा पछि मात्र पार्टीले सभामुखमा उम्मेदवारी दिन पाउने भएकाले उपसभामुखले सहज रुपमा राजीनामा दिने समेत बताए । ‘सहज रुपमा उपसभामुखले राजीनामा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने, ‘त्यसपछिमात्र संविधान संवत ढंगले पार्टीले दाबी गर्न मिल्छ ।’

आइतबार राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएपछि उनले पार्टीले संसदमा रहेर काम गर्न आवश्यक देखेकाले आफू उम्मेदवार बनेको प्रतिक्रिया दिए ।




भर्खरै