१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ: काँग्रेस प्रवक्ता



अ+ अ-

मुग्लिन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्दै उहाँले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे । उनले भने, “ शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ ।सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ । ”

प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउाँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताए । विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै धन्यवाद दिए ।

स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने महानुभावलाई सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिए ।