१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीनारायण शाह हिँडेको बाटोमा सेनाको पदयात्रा



अ+ अ-

गोरखा । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । शुक्रबारबाट नेपाली सेनाले गोरखा दरबारको हुनमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ ।

नेपाली सेनाले नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको जनाएको छ ।

नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा लिएर बाजागाजासहित ४० जनाको टोली राष्ट्रिय झण्डा, टर्चसहित पदयात्रामा निस्किएका हुन् । रणसिंह दल गणका गणपति उज्ज्वल केसी अनुसार टोली गोरखाको जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै शुक्रबारै बोर्लाङघाटमा बास बस्छ । ‘गोरखाबाट गएको टोलीले अपराह्न साढे चार बजे धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ, त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजासहित झण्डा र टर्च नुवाकोट पुर्याउँछ,’ केसीले भने ।

यस्तै धादिङको टोलीले उक्त टर्च र झण्डा नुवाकोटको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । ‘नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीको दिन पुस २७ गते सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ,’ केसीले भने ।

पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरु पनि सहभागी छन् । टोलीको नेतृत्व रणसिंह दल गणका क्याप्टेन इन्द्रबहादुर खत्रीले गरेका छन् ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति केसीले बताए । पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको अपेक्षा छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ ।

पदयात्रा शुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । नेपाली सेनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा क्याप्टेन खत्रीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।