१२ असार २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेलकम एड्भरटाईजिङ् प्रा.लि र एडस्टार्टर प्रा.लि बिच सक्झौता पत्रमा हस्ताक्षर



अ+ अ-

वेलकम एड्भरटाईजिङ् प्रा. लि र एडस्टार्टर प्रा.लि ले हालसालै रणनितिक साझेदारी कायम गर्ने उदेश्य सहित एक सम्झौंतापत्र माहस्ताक्षर गरेका छन् । नेपाली संचारमाध्यमहरुमा विज्ञापन बुकिङ/संकलक र प्रसारण/प्रकाशन गर्ने विषय सम्बन्धि उक्त सम्झौंता पत्रमा वेलकम एड्भरटाईजिङ् का अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टर प्रा. लि का नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनाल ले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार एडस्टार्टरले आफ्नो वेबसाईट मार्फत नेपाल र विदेशमा बस्ने दुबै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनहरुलाई नेपालको छापा, टेलिभिजन र रेडियो/एफ.एम हरुमा प्रकाशन/प्रसारण गर्नेछ । “नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने ब्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीहरुले लामो समयदेखि बिभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरु सामना गर्नुपरेको छ ।

यस्ता समस्याहरुलाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टर सँग रणनितिक साझेदारी गरेका हौं,” वेलकम का अध्यक्ष पौडेल बताउछन् । “अब विश्वभर छरिएर रहेका विज्ञापनदाताहरुले प्रत्यक्ष रुपमा नेपाली संचारमाध्यममा आफ्नो विज्ञापन प्रकासन/प्रशारण गर्न सक्नेछन् । त्यसैले यस साझेदारीले विगत केहि समयदेखि निरन्तर खस्किरहेको नेपाली विज्ञापन बजारलाईविस्तार गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छ,” पौडेल थप्नुहुन्छ ।

यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली संचार माध्यमबिच प्रत्यक्ष अन्तरकृया गराई दुबै पक्षलाई ब्यवसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउछन् ।