२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदद्वारा जग्गा अधिग्रहण स्वीकृति



अ+ अ-

काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलंकी–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको हो ।

बैठकले नौ जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ र ४ बमोजिम जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही गर्ने अधिकारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस्तै बैठकले स्वयम्भू घ्याङगुठीको नाममा दर्ता भएको रसुवाको ११० रोपनी जग्गा बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गरेको छ ।

२०७० साउन २४ गते माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना सञ्चालन गर्न नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिलाई स्वीकृति दिएको रसुवाको ७९ दशमलव २७ हेक्टर वन क्षेत्रमध्ये ११० रोपनी मालपोत कार्यालय रसुवाले २०७४ चैत ३० गते स्वयम्भू घ्याङगुठीको नाममा दर्ता कायम गरेको थियो । बैठकले २०७० साउन २४ गतेको निर्णयानुसार नै ७९ दशमलव २७ हेक्टर जग्गा सोही कम्पनीलाई पूर्ववत् रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।

बैठकले सांस्कृतिक संस्थानको अध्यक्षमा तेह्रथुम म्याङलुङ नगरपालिका–१० का प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ का अशोकुमार राईलाई चार वर्षका लागि नियुक्त गरेको छ । यस्तै ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा निवासी नरेशराज अर्याललाई पाँच वर्षका लागि पुनःनियुक्त गर्ने निर्णय गरेको छ ।गैरकानुनीरूपमा लामो समयसम्म नेपाल बसोबास गरिरहेका चार इजिप्टेली नागरिकलाई नेपालबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

उनीहरूको भिसा दस्तुर तथा विलम्ब शुल्क चार हजार ६४० अमेरिकी डलर तथा दुई लाख जरिवाना मिनाहा गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । यसैगरी राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा जगतबहादुर कार्कीलगायत १३ व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी १२ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले उपभोक्ता संरक्षण नियमावली–२०७६, प्रदेश तथा स्थानीय तहमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड–२०७६, एक स्वास्थ्य रणनीति–२०७६, एकीकृत कानुनी सहायता नीति–२०७६, स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि– २०७६ र राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ स्वीकृत गरेको छ । सौर्य दैनिकबाट




भर्खरै