१२ असार २०८३, शुक्रबार
,
Latest
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपा उपसभापतिमा सोविता विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पोशाक दिवस मनाइयो



अ+ अ-

काठमाडौं । ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार देशैभर राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतिघरमा सद्भाव र्याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताउनुभयो । उहाँले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताउनुभयो ।

त्यस्तै सह–संयोजक श्याम बजगाईले राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य नेपालको औपचारिक पोशाकको रुपमा सरकारले घोषणा गरी सिंगो नेपालीहरुको पहिचान विश्वसामु पु¥याउनु रहेको बताउनुभयो । उहाँले नेपालको एक मात्र साझा पोशाक जसले हिमाल पहाड र तराईमा बस्ने सबै समुदायको प्रतिनिधित्व गर्ने भएकाले दौरा, सुरवाल, टोपी र गुन्यूचोली राष्ट्रिय पोशाकको रुपमा स्थापित भएको बताउनुभयो ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाईदै आएको छ ।