१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर फेरी तनाव ग्रस्त, राजमार्ग अवरुद्ध



अ+ अ-

महेन्द्रनगर । भारतिय मिनिबसको ठक्करबाट मोटरसाइकलका चालक मृत्यु हुँदा कञ्चनपुरस्थितको दैजी क्षेत्रमा स्थानियले राजमार्ग अवरुद्ध पारिएको छ ।

मंगलबार राति कृष्णपुर नगरपालिका–५ को आमखैया जंगलमा युपी १७ एटी १०६६ नम्बरको भारतिय मिनिबसको ठक्करबाट म २ प ९०२७ नम्बरको मोटरसाइकलका चालक बेदकोट नगरपालिका–३ का ४४ वर्षिया जयबहादुर रानाको मृत्यु भएको थियो ।

रानाको मृत्यूको विरोधमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार र स्थानीयले बिहानैदेखि टायर बालेर सडक जाम गरेका छन् । अवरुद्ध पारिएको राजमार्ग सडक खुलाउने प्रयास भईरहेको र ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध हँुदा महेन्द्रनगरबाट लामो दुरी र छोटो दुरीका सवारी साधनहरु ठप्प बनेका छन । सडक अवरुद्ध पारिएको दैजी क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।