१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ घण्टा भित्र प्रचण्डका पूर्ववडीगार्ड मल्ललाई चितवन छोड्न निर्देशन



अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। एसपी मल्ललाई बुधबार प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो ।

गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भए पनि मल्लले चितवन छाड्न नमानेपछि १२ घण्टाभित्र रमना लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन प्रहरी उपरीक्षक अरूण पौडेलले पत्राचार गरेर निर्देशन दिएका हुन्।

मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड हुन्। उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको थियो।

मल्ल सरूवा भएको ठाउँमा हाजिर भएको जानकारी प्रहरी महानिरीक्षकको कार्यालयमा पनि बोधार्थ पठाउन आग्रह गरेको छ।