१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीप प्रज्वलन गरी म्यान्मामा पनि भ्रमण वर्षको प्रचार



अ+ अ-

याङ्गुन । म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो । भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा राजदूत उदासले म्यान्मा र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभरि नै म्यान्मामा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिए ।

उनले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए । भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई व्यापारीलाई बुद्धले उपहार स्वरूप दिएको आफ्ना आठ वटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीहरूले गर्छन् । कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले नेपाली मूलका गोरखा सैनिकहरूले बर्माको एकीकरणमा पुर्याएको योगदानको चर्चा गरे ।

उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै बर्मेलीलाई नेपाल पठाउन सहयोग गर्ने बताए । करिब साढे पाँच करोड जनसङ्ख्या भएको बर्मामा ९० प्रतिशत बौद्धमार्गी छन् । म्यानमारका पर्यटनमन्त्री यु उन मुङ नेपाल भ्रमण वर्षको उपलक्ष्यमा अहिले नेपालमै छन् ।