१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी छन्: प्रधानमन्त्री



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन् । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावक्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उनले बताए ।

‘बालबालिका जन्मेपछि ६ महिनादेखी, सुनौला हजार दिन र पोषण अभियानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा आएका छन् । जसबाट बाल मृत्युदर घटेको छ’, उनले भनेो, ‘जन्म लिन नै नपाई हुने मृत्यु हुने अवस्था आउन नदिन दुर्गम ठाउँबाट हेलिकप्टरबाट पनि प्रजननकालागि स्वास्थ्य संस्थामा लैजाने गरिएको छ ।’ योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरुपनि प्रभावकारी भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिले देखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए ।प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताएका छन् ।

विद्यार्थीहरु राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।’ राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भनेो, ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बतए ।