२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन वर्षौँदेखिको साढे पाँच करोड कर



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ । गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ ।

चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए ।

हामी पूर्वराजालाई चिन्दैनौँः मेयर ओलीहिमालय–महालक्ष्मी टी गर्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन । ‘हामीले पटक–पटक ताकेता गरेका छौँ । धेरैपटक पत्र काटेका छौँ,’ मेयर रोमनाथ ओली भन्छन्, ‘यहाँ (गार्डेनमा) भएका कर्मचारीसँग कुरा गर्दा ठूलो रकम छ, हामीले सक्दैनौँ, माथि भन्नुपर्छ भन्छन् । नगरपालिकाले पूर्वराजालाई चिन्दैन । यो त कम्पनीको नाममा छ । हामी कम्पनीलाई मात्रै चिन्छौँ ।’

नगरपालिकाले बगानका प्रतिनिधि बोलाएर पटक–पटक छलफलसमेत गरेको छ । तर, बगानका प्रतिनिधिले खेतीयोग्य क्षेत्र भन्दै कर तिर्न अस्वीकार गर्दै आएका छन् । दमक नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहाल (ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका) को नेतृत्वमा ०७३ मा दमकका राजनीतिक दलका नेतासहित पूर्वराजा शाह आएको समयमा बगानमा भेट्न पुगे । त्यतिवेला पूर्वराजाले कर तिर्ने प्रतिबद्धता जनाएका थिए ।

जसरी भए पनि कर उठाएरै छाड्ने मेयर ओली बताउँछन् । ‘अहिलेसम्म त केही गरेका छैनौँ । आग्रह मात्र गर्दै आएका छौँ,’ ओलीले भने, ‘तर, पछि बगानको काम वा सिफारिस रोकेर भए पनि कर उठाउँछौँ ।’

हामीलाई थाहा हुँदैनः बगानका उपप्रबन्धकबगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठले करबारे आफूहरूलाई जानकारी नभएको बताए । ‘नगरपालिकाबाट पटक–पटक पत्र आएको छ । हामीले सबै पत्र माथि (सोल्टी ग्रुप) पठाएका छौँ,’ उनले भने, ‘यति थाहा छ कि १२–१५ वर्षदेखि बगानको कर तिर्न बाँकी छ । तर, हामीलाई अरू केही थाहा हुँदैन ।’

यो चिया बगान पूर्वराज परिवारले ०१८ मा स्थापना गरेका थिए । पञ्चायतकालमा ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’बाट चलेको यो बगान बहुदलकालमा ‘हिमालय गुडरिक’ र हाल ‘हिमालय–महालक्ष्मी टी गार्डेन’का नाममा सञ्चालन हुँदै आएको छ । नयाँ पत्रिका दैनिकबाट




भर्खरै