१२ असार २०८३, शुक्रबार
,
Latest
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपा उपसभापतिमा सोविता विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ हजारमाथिका बिल सार्वजनिक गर्नुपर्ने नियम, मन्त्रिपरिषद् कार्यालयद्वारा थालनी



अ+ अ-

प्रधानमन्त्री तथा परिषद्को कार्यालयले पूर्वनिर्णयअनुसार २५ हजारमाथिका बिलको विवरण सार्वजनिक गर्न सुरु गरेको छ । बुधबार ६ वटा बिल वेबसाइटमा राखिएका छन् । सरकारी कार्यालयहरूले २५ हजारमाथिका बिल वेबसाइटमार्फत ७२ घन्टा सार्वजनिक गर्नुपर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भएको निर्णय वर्तमान सरकार गठनसँगै बन्द गरिएको थियो ।

बुधबार दिउँसो १ बजेर २३ मिनेटमा गाडीमर्मत, पत्रपत्रिका खरिद, खाजा खर्च र अन्य सामान खरिदका ६ वटा बिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको छ । आधा घन्टाको अवधिमा बिलहरू सार्वजनिक गरिएका हुन् ।

अन्य मन्त्रालय, आयोग तथा कार्यालयहरूले भने अझै बिल सार्वजनिक गरेका छैनन् । सरकारी कार्यालयमा हुने अपारदर्शी खर्च नियन्त्रण गर्ने उद्देश्यसहित २५ हजार माथिका सरकारी बिल सार्वजनिक गर्ने निर्णय गरिएको थियो ।