२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो लक्ष्य मास्टर बन्ने हो, प्रधानमन्त्री हुन्छु भन्ने त सपना पनि देखेको थिएन : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताएका छन् । ओलीले आफु प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको बताएका हुन् ।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए ।

त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरुहरु नै ठूलो र जानकार मान्छे भएकाले आफू मास्टर बन्न लक्ष्य प्रधानमन्त्री ओलीले सुनाए । उनले भने, ‘हुँदै जाँदा मैले समाजमा अनुचित कुराहरु देखेँ । त्यसलाई ठीक बनाउन संघर्ष गर्नु पर्नेरहेछ, परिर्वतनका लागि आन्दोलनमा लाग्नु पर्नेरहेछ भन्ने बुझेँ ।’

जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुने उनले बताए । व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा रहेको उनले सुनाए ।

तर आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’




भर्खरै