१२ असार २०८३, शुक्रबार
,
Latest
अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली लाइसेन्स बनाउने प्रहरीको फन्दामा, १५ हजारमा स्मार्ट कार्ड



अ+ अ-

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने ४ जना पक्राउ परेका छन् । प्रहरीले राजधानीको न्यूरोड (पिपलबोट) स्थित फोटो कन्सर्नबाट नक्कली स्मार्ट लाइसेन्स र अन्य परिचय पत्र बनाउने ४ जनालाई पक्राउ गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाबाट गएको टोलीले काठमाडौंको चावहिल बस्ने अनन्ता गुरुङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादवलाई पक्राउ गरेको छ ।

प्रहरीले फोटो कन्सर्र्नसमा नक्कली लाइसेन्स बनाउन गएका २ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वर बस्ने सुवास रोक्का र सर्लाहीका दीपक ब्लोन छन् ।

प्रहरीका अनुसार उनीहरुले एउटै नक्कली लाइसेन्स ५ देखि १५ हजारसम्ममा बिक्री गर्ने गरेका थिए ।