१२ असार २०८३, शुक्रबार
,
Latest
अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ । प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७५ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’’

यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूचनी तय गरेपनि बैठक स्थगित गरिएको थियो । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठकमा समेत असर पर्दै आएको छ ।