२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रिय समितिको बैठक नबस्ने, पौडेल पक्षको चाक्सिबारीमा बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठकपनि स्थगित भएको छ । भ्रातृ संगठन नेविसंघको नेतृत्वका सम्बन्धमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

शुत्र्रबार अपरान्ह १ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठक नेविसंघ नेतृत्वमा संस्थापन र असन्तुष्ट पक्ष आआफ्नै अडानमा कायम रहदाँ केन्द्रिय समितीको बैठक स्थगित हुने भएको छ । मूख्य विषयमा सहमती जुटी नसकेकाले आजको बैठकमा पनि आफूहरु सहभागि नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका वार्ता टोली सदस्य हृदयराम थानीले जानकारी दिए ।

यसअघि बिहिबार साँझ चाक्सिबारीमा संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि तथा पौडेल पक्षबाट पुर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्यहरु दिलेन्द्र प्रसाद बडु र हृदयराम थानी रहेको वार्ता टोलीवीच सहमती जुट्न सकेन ।

हिजोको छलफलमा सहमती जुट्न नसकेपछि दुवै वार्ता टोलीका सदस्यहरु आ आफ्ना समूहका शिर्ष नेतासँग कुरा गर्ने भन्दै छुट्टिए । अहिले केहीबेरमा पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक चाक्सिबारीमा बस्दैछ । महाधिवेशनको विस्तृत कार्यतालिका, विभाग गठन तथा भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा सहमती जुट्न नसक्दा मंसिर २६ गतेदेखि शुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिलेसम्म एजेण्डामा प्रवेश नै नगरी स्थगित गरिंदै आएको छ ।




भर्खरै