१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले दिए भारतीय राजदूतलाई करुवा उपहार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलाई करुवा उपहार दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका हुन् ।

मंगलबार भेटवार्ताका अवसरका प्रधानमन्त्री ओलीले राजदूत पुरीको कार्यकालमा नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्लो समय नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतले औपचारिक रुपमा पत्र पठाउनुमा राजदूत पुरीको भूमिका रहेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिएको थापाले जानकारी दिए ।

मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ । उनी केही दिनपछि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।