१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन, नेपाल हरेक हिसाबले अनुकूल छ : मन्त्री विश्वकर्मा



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताउनुभएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै उहाँले खेलकुदको क्षेत्रमा गरेको प्रगतिबाट नेपाललाई विश्वले चिन्ने समय आउन लागेको बताउनुभयो । “विभिन्न शक्तिसम्पन्न राष्ट्रहरुले खेललाई पेशा, व्यवसाय र उद्योगका रुपमा विकास गरेका छन्”, उहाँले भन्नुभयो, “खेलकुदका लागि नेपाल हरेक हिसाबले अनुकूल छ, हावापानी र प्रकृतिले उत्तिकै साथ दिएको छ ।”

उहाँले खेलकुदको क्षेत्रमा लागेर कसैले पनि पछुतो मान्न पर्ने अवस्था नरहने बताउनुभयो । “खेल र खेलाडीलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ”, उहाँले भन्नुभयो, “खेलकुदप्रति खेलाडीको आकर्षण पनि निकै बढेर गएको छ ।”

मन्त्री विश्कर्माले १३ औँ दक्षिण एशियाली (साग) प्रतियोगिताले नेपालको इज्जत र प्रतिष्ठामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । “खेलाडीलाई सरकारका तर्फबाट आवश्यक प्रोत्साहन र हौसलाका कारण सागमा जीत हासिल गर्न सकिएको हो”, उहाँले भन्नुभयो, “५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन ।” उहाँले सरकार खेलाडीलाई आवश्यक पर्ने जुनसूकै पूर्वाधार विकास गर्न पछि नहट्ने विश्वास दिलाउनुभयो ।

अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको विश्वसँग भिड्न सक्ने एकमात्र माध्यम खेलकुद भएको बताउनुभयो । “हामी बम बारुदमा अरूसँग लड्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “खेलकुदमा जीत हासिल गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिरलाई उच्च पार्न सक्छौँ ।” उहाँले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । कार्यक्रममा क्याम्पसप्रमुख डा निर्मला सुवाल, अनेरास्ववियुका नेता आरसी लामिछाने, सुदेश पराजुली, नेत्री आरती लामा, स्ववियु सभापति टपेन्द्र शाही, सचिव नारायण शर्मा लगायतले आरआर क्याम्पसले नेपालको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

सप्ताहव्यापीकार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ कार्यक्रमको आयोजना गरिएको स्ववियुले जनाएको छ ।