१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास तथा प्रविधि समितिको योजना असफल



अ+ अ-

काठमाडौं । प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको विधेयकमाथि आफुहरुले राखेको संशोधनलाई बेवास्ता गरिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएपछि विधेयक पारित हुन नसकेको हो । सांसद बहादुरसिंह लामाले उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा आफुहरुले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरिएको भन्दै असहमति जनाउनुभयो ।

उहाँले समाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज गर्ने व्यवस्था भएको दफा ९१ देखि ९४ सम्मका विषय हटाउनुपर्ने र विधेयकको दुरुपयोग गर्न नहुने सम्बन्धी व्यवस्था भएको दफा ८८ अपुग भएकोले हटाइनुपर्ने बताउनुभयो । विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने तथा हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान राखिएको छ । यस्तो विषयमा संशोधन हुन नसके आफुहरु नोट अफ डिसेन्ट लेख्न बाध्य हुने उहाँले बताउनुभयो ।

समितिका सभापति कल्याणी कुमारी खडकाले चार महिना सम्म समितिमा अडकिएर बसेको र ३६ बुँदामा संशोधन भएकोले सहमति जानाउन आग्रह गर्नुभयो । उहाँले फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरु पनि नदिने र अडान लिइरहने प्रवृति देखिएकोले सहमतिमा आउन आग्रह गर्नुभयो ।

बैठक केही समय स्थागित गरी सहमति जुटाउन प्रयास गरिएपनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नमानेपछि आगामी आइतबार छलफल गर्ने गरी स्थिगित भएको छ । तर समितिको बैठक खानेपानी सम्बन्धी विधेयकमाथिको छलफलका लागि बुधबार बिहान ११ बजे भने बस्ने भएको छ ।